शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगो लगाएर श्रीमतीको हत्या प्रयास

सोमबार, ०९ वैशाख २०७६, १२ : ४७
सोमबार, ०९ वैशाख २०७६

जनकपुर– लागू पदार्थ दुर्व्यवसनमा  फसेका एक यूवाले आफ्नै श्रीमतिलाई नसाको सुरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । 

धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने २४ वर्षीय मुकेश गोइत यादवले पत्नी निर्मला यादवलाई घरमा कोही नभएको बेला कुटपीट गर्दै हातखुट्टा बाँधेर जलाएका थिए ।

उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचार भइरहेको छ । 

उनीहरुबीच विवाह भएको १० महिना नवित्दै यस्तो घटना भएको आफन्तले बताएका छन्् । पीडित महिलाका आफन्तका अनुसार वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागु पदार्थ तथा मदिरा सेवनमा नसाले

मातिएका मुकेशले कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए । 

घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले आगो लगाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएका छन् ।

उनले मुकेश गोइत यादव, मुकेशको बुवा झरी गोइत यादव र उनको आमामाथि ज्यान मार्ने उद्योगमा कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप