शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पलेले नकारे रियल जाने हल्ला

सोमबार, ०९ वैशाख २०७६, १२ : ४३
सोमबार, ०९ वैशाख २०७६

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलिन एमबाप्पेले नयाँ सिजनमा स्पेनिस पावर हाउस रियल म्याड्रिडसँग अनुबन्ध हुने समाचारलाई अस्वीकार गरेका छन् ।

आइतबार पूर्व क्लब मोनाकाविरुद्ध ह्याट्रिक गरेपछि सोधिएको प्रश्नमा उनले सो कुरा बताएका हुन् ।

२० वर्षी खेलाडीले ह्याट्रिक पूरा गर्दा पीएसजी ३–१ ले विजयी बन्यो ।

पीएसजीले आइतबार नै उपाधिमाथि कब्जा गरेको दिन पनि हो । लिले टोलुसेसँग बराबरीमा रोकिएपछि पएएसजी लिग च्याम्पियन बनेको हो ।

यता, रियलमा जिनेदिन जिदानको पुनारागमनसँगै एमबाप्पे रियल जान्ने हल्ला चल्न थालेको छ ।

यसबारे एमबाप्पले भने, ‘म हाँ छु । एउटा परियोजनाको हिस्सा छु,’ क्यानल प्लससँग कुरा गर्दै एमबाप्पेले भने, ‘जिजु फर्कदा रियललाई राम्रो हो तर म समर्थक बनेर बाहिरबाट हेरिरहेको हुन्छु ।’

ह्याट्रिकसँगै एमबाप्पले यो सिजन लिगमा ३० गोल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप