शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के हो शनिको साढे साती ? कसरी असर गर्छ यसले ?

सोमबार, ०९ वैशाख २०७६, १२ : ४०
सोमबार, ०९ वैशाख २०७६

काठमाडौँ –ज्यातिषका अनुसार नवग्रहमध्ये एउटा ग्रह हो शनि । शनिको साढे सात वर्ष चल्ने एक प्रकारको दशालाई साढे साती दशा भनिन्छ । ज्योतिष तथा खगोलशास्त्रको नियमअनुसार सबै ग्रहको एउटा राशिले अर्को राशिको भ्रमण गर्छ । यसैप्रकार जब शनि ग्रह लग्नबाट बाह्रौँ राशिमा प्रवेश गर्छ । र उक्त राशिबाट अर्को दुई राशिलाई भ्रमण गरेर आफ्नो समय चक्र पूरा गर्छ । शनि सुस्त गतिमा चल्छ त्यसैले यसले एउटा राशिमा लगभग साढे २ वर्ष लगाउँछ । यसैप्रकार साढे सात वर्षको अवधिलाई साढे साती भनिन्छ । 

साढे साती सुरु कसरी हुन्छ भन्ने बारेमा अलग अलग धारणा पाइन्छ । एक प्राचीन मान्यता अनुसार जुन दिन शनि कुनै विशेष राशिमा पुग्छ त्यसै दिनबाट साढे साती सुरु हुन्छ । साथै, अन्य मान्यता अुनसार शनि जन्म राशिपछि जुन राशिमा प्रवेश गर्छ उक्त राशिको साढे साती सुरु हुन्छ । 

ज्योतिष शास्त्रको अनुसार अलग–अलग राशिका व्यक्तिलाई यसको प्रभाव पनि अलग–अलग हुन्छ । कुनै व्यक्तिलाई साढे साती आरम्भ हुनुभन्दा पहिले यसको संकेत प्राप्त हुन्छ । र यसको अवधि पूरा हुनुभन्दा अघि नै यसको प्रभावबाट मुक्ति मिल्छ । त्यसैगरी कोहि मानिसलाई शनिको प्रभाव हुनुभन्दा केहि समयपछि सम्म पनि यसको प्रभाव समाप्त हुँदैन ।  

ज्योतिष शास्त्रको अनुसार शनिको साढेसाती तीन प्रकारको हुन्छ । जसमा पहिलो लग्नबाट, दोस्रो चन्द्र लग्नबाट र तेस्रो सूर्य लग्नबाट । 

दुःख मात्र होइन सुखदायी पनि हुन्छ 
साढेसाती दुख कष्ट मात्र दिने नभइ सुखदायी पनि हुन्छ । कुनै साढेसातीबाट ग्रस्त व्यक्तिलाई नगर, जिल्ला वा राज्यको प्रमुख बन्ने अवसर पनि प्राप्त हुन्छ । शनिको साढेसातीले जसलाई पनि प्रभाव पार्न सक्छ । हरेक मानिसको जीवनमा तीस वर्षमा एकपटक साढेसातीको दशाको प्रभाव पर्छ । यलि धनु, मीन, मकर वा कुम्भ राशिमा साढेसातीको प्रभाव परेमा यसको असर कम पीडादायी हुने बनाइन्छ । यद्यपि, साढे साती चौथो, छैटाँै, आठौँ र बाह्रौँ भावमा भएको भने यसले निकै दुख दिन्छ । शारीरिक, मानसिक र आर्थिक तीनै प्रकारको सुख हरण गर्छ । 

यी कुरामा ध्यान राख्नुपर्छ 
भनिन्छ साढे सातीमा भुलेर पनि ‘निलम’ रत्न धारण गर्न हुँदैन । जसले हानी गर्छ । कुनै नयाँ काम, नयाँ उद्योग खोल्ने जस्ता काम साढे साती चलेको समयमा गर्न हुँदैन । साथै, सवारी साधन पनि खरिद गर्नुहुँदैन । शनि जब चार, छ, आठ वा बाह्रऔँ भावमा विचरण हुन्छ उक्त व्यक्तिको धननाश हुने गर्छ । 

कसरी बच्ने शनिको प्रभावबाट 
ज्यातिषका अनुसार प्रत्येक व्यक्तिमा शनि आरम्भ हुनुभन्दा पहिले जप, तप वा जुन विधी बताइन्छ सोही अनुसार गर्नुपर्छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप