यसकारण अप्रिल २२ मा नै मनाइन्छ ‘अर्थ डे’
संसारभरी आज वर्ल्ड अर्थ डे मनाइँदै छ । अर्थ डेलाई सबैभन्दा पहिले सन् १९७० मा मनाइएको थियो । पृथ्वीमा बस्ने जीवजन्तु, बोटबिरुवालाई बचाउन र संसारभरी पर्यावरणप्रति जागरुकता फैलाउने उद्देश्यसहित हरेक वर्ष २२ अप्रिलमा अर्थ डे मनाइन्छ । पृथ्वी दिवस अर्थात् अर्थ डेको मौकामा पर्यावरण संरक्षणबारे मानिसहरुलाई जागरुक गरिन्छ साथै यस दिन मानिसहरु पर्यावरणलाई उत्कृष्ट बनाउन संकल्प पनि लिन्छन् । तर पृथ्वी दिवस वा अर्थ डे मानिसहरुबीच कहाँबाट आयो ? यो शब्द ल्याउने जुलियन कोनिग थिए । सन् १९६९ मा उनैले सबैभन्दा पहिले यो शब्दसँग अवगत गराए ।
अर्थ डेको इतिहासः
पृथ्वी दिवस एक वार्षिक आयोजना हो जसलाई अप्रिल २२ मा संसाभरी पर्यावरण संरक्षणका लागि समर्थन प्रदर्शित गर्नका लागि मनाइन्छ । यसको स्थापना अमेरिकी सिनेटर जेराल्ड नेल्सनले सन् १९७० मा एक पर्यावरण शिक्षाको रुपमा गरेका थिए । अब यसलाई १९२ बढी देशमा प्रत्येक वर्ष मनाइन्छ । सिनेटर नेल्सनले पर्यावरणलाई एक राष्ट्रिय एजेन्डामा जोड्नका लागि पहिलो राष्ट्रव्यापी विरोध कार्यक्रमको प्रस्ताव गरे । ‘यो एक जुवा थियो,’ उनी याद गर्छन् ‘तर यसले काम गर्यो’ । चर्चित फिल्म र टेलिभिजन अभिनेता एड्डी अलबर्टले पृथ्वी दिवसको निर्माणमा महत्वपूर्ण भूमिका निभाए ।
पर्यावरण सक्रियताको सन्दर्भमा जारी यो वार्षिक घटनाको निर्माणका लागि अलबर्टले प्राथमिक र महत्वपूर्ण कार्य गरे जसलाई उनले आफ्नो सम्पूर्ण कार्यकालका क्रममा प्रबल समर्थन दिए । विशेष रुपमा सन् १९७० पछि पृथ्वी दिवसलाई अल्बर्टको जन्मदिन, २२ अप्रिल, मा मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा