कोरियोग्राफर वान्तवा र निर्माता प्रज्वलबीच इन्गेजमेन्ट
काठमाडौं– प्रेम सम्बन्ध लुकाउँदै आएका निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्वल शम्शेर जबरा बीच इन्गेजमेन्ट भएको छ ।
आइतबार लाजिमपाट स्थित शंकर होटलमा आयोजित एक समारोहमा दुबैले औँठी साटासाट गरेका हुन् । समारोहमा दुबै परिवारका सदस्यको उपस्थिति रहेको थियो ।
करिब एक दशक अगाडि सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘मेरो एउटा साथी छ’को सेटमा पहिलो पटक भेटेका यी दुबै बीच सोही समयदेखि प्रेम बस्न गएको थिए ।
प्रज्वल आइकोर फिल्मसका प्रभु शम्सेर जबराका छोरा हुन् । रेनशा भने कोरियोग्राफी हुँदै निर्देशनमा होमिएकी महिला हुन् । उनले निर्देशन गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ गत बर्ष प्रदर्शनमा आएको थियो ।
विवाहपछि पनि फिल्म निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने सोचमा रहेकी रेनशा अहिले ‘आई एम ट्वान्टी वान’ नामक फिल्म निर्देशनको तयारी गरिरहेकी छन् । यसमा निर्माता प्रज्वलनै रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै
-
राष्ट्रिय क्रिकेमा कोशी प्रदेशको लगातार चौथो हार, मधेश २ विकेटले विजयी
-
माइकल हट भन्छन्—कर्णाली साँच्चिकै दुर्गम रहेछ