बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘राजा’ बन्दै दयाहाङ

सोमबार, ०९ वैशाख २०७६, १२ : १७
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं –अभिनेता दयाहाङ राई ‘राजा’ बन्ने भएका छन् । दयाहाङ रियल लाइफमा नभएर रिल लाइफमा राजा बन्न लागेका हुन् ।

 दीपक रौनियारको निर्देशन रहने फिल्म ‘राजा’मा उनको मुख्य भूमिका रहनेछ । 

फिल्ममा लागि उनी भर्खर छानिएका हुन् । दयाहाङले यस अगाडि दीपकको  ‘सेतो सूर्य’ र ‘हाइवे’मा काम गरेका थिए । यी दुबै फिल्मले ब्यवसाय नगरेपनि चर्चा भने पाएको थियो । 

राजनीतिक विषयमा निर्माण हुने यो फिल्म रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् । लेखन समेत दीपककै रहेको फिल्ममा अन्य कलाकार छनौटको क्रममा रहेका छन् । 

हुन त दयाहाङ अहिलेका सबैभन्दा ब्यस्त कलाकार हुन् । उनको एकपछि अर्को फिल्म लगातार रिलिज भइरहेको छ । तर फिल्मले भने खासै सफलता हात पार्न सकिरहेको छैन । गतवर्ष दयाहाङको ‘भैरे’ र ’साँइली’ आएका थिए । तर, दुबैले बक्स अफिसमा जादु चलाउन सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप