शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्का बिस्फोटमा बालबाल बचिन् यी नायिका, जुन होटलमा बसेकी थिइन् त्यही भयो बिस्फोट

सोमबार, ०९ वैशाख २०७६, ११ : ५८
सोमबार, ०९ वैशाख २०७६

श्रीलङ्कामा आइतबार आठ स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट भयो । विलासी होटल र चर्चलाई लक्षित गरी गरिएको उक्त हमलामा अहिलेसम्म २९० को मृत्यु भइसकेको पुष्टि भएको छ । तर यो बम बिस्फोटमा तमिल नायिका राधिका शरद कुमार भने बालबाल बचेकी छिन् ।

वास्तवमा उनी श्रीलङ्का घुम्न गएकी थिइन् र उनी कोलोम्बोको जुन होटलमा बसेकी थिइन् त्यसमा बिस्फोट भयो तर बिस्फोट हुनु ठिक अघि उनले होटल छोडेकी थिइन् ।

यो घटनाको विषयमा नायिकाले ट्वीटरमा पोष्ट लेखिन्, ‘हे भगवान् श्रीलङ्कामा बम बिस्फोट, भगवान हामीलाई साथ दिनुहोस् । म भर्खरै कोलोम्बो सिनामोन ग्रान्ड होटलबाट बाहिरिएकी हुँ र अहिले उक्त होटलमा बम बिस्फोट भएको छ । विश्वास लाग्दैन, यो विभत्स छ, निकै विभत्स ।’

राधिकाका श्रीमान् आर शरदकुमारले पनि ट्वीट गरे, ‘कोलोम्बोमा भएको त्रासदी आतंकवादी हमला निन्दनीय छ, मृतकप्रति हाम्रो समवेदना ।’

स्मरण रहोस्, शरदकुमार पनि तमिल सिनेमाका चर्चित अभिनेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप