शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यहाँ हरेक तीन मिनेटमा आउँछ भूकम्प, ९ वर्षमा २० लाख झट्का

सोमबार, ०९ वैशाख २०७६, ०९ : ०९
सोमबार, ०९ वैशाख २०७६

दक्षिणी क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प आउने एक रिपोर्टले दाबी गरेको छ । यो कुरा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी र युनिभर्सिटी अफ क्यालिफोर्निया (स्यान डियागो) को अध्ययनमा सार्वजनिक भएको हो ।

दक्षिण क्यालिफोर्नियामा सन् २००८ देखि २०१७ बीचमा २.० देखि ३.० म्याग्निच्यूडका २० लाख भूकम्प गएको अनुसन्धानमा पत्ता लागेको छ । भूकम्प कम तीब्रताका भएका कारण मानिसहरुले यो महसुस नगरेको बताइएको छ । रिपोर्टका अनुसार यो इलाकामा दैनिक ४९५ भूकम्प आयो ।

३.० तीब्रता बढीका भूकम्पमात्र महसुस हुन्छः

अमेरिकी भूगर्व विभागका अनुसार साधारणतया ३.० तीब्रता बढीका भूकम्पमात्र महसुस हुन्छ । साना तीब्रताका भूकम्प पत्ता लगाउन ती व्यक्तिलाई पनि समस्या हुन्छ जो यो अनुसन्धानमा संलग्न छन् ।

शोधकर्ताका अनुसार भवन निर्माणको प्रक्रिया वा गाडीलगायतका वाहनबाट पैदा हुने आवाजका कारण पनि साना तीब्रताको भूकम्पबारे थाहा हुँदैन । साना भूकम्पबारे पत्ता लगाउनका लागि वैज्ञानिकले टेम्पल म्याचिङको सहारा लिए । यद्यपी, सिस्मोलोजीमा यो तरिका सन् २००६ देखि चलनमा थियो तर हप्तामा दुई पटक मात्रै यसको प्रयोग गरिँदै आएको छ ।

अनुसन्धानकर्ता रोजका अनुसार टेम्पल म्याचिङ प्रक्रियामा डेटालाई स्टोर गर्न समस्या हुन्छ । यसका लागि ठूलो कम्प्युटरको आवश्यकता हुन्छ । उनका अनुसार साना तीब्रताका भूकम्पबारे पत्ता लगाउनका लागि अब ठूलो परिमाणमा डाटालाई जम्मा गरिँदैछ ।

यो डाटाबाट भूकम्प आउन कसरी सुरु हुन्छ भनेर पत्ता लगाउन सकिने रोज भन्छन् । उनका अनुसार टेम्पल म्याचिङ ऐप केही सेकेन्डको समय दिन्छ ता कि सुरक्षाका केही उपाय अपनाउन सकियोस् ।

हार्वर्ड विश्वविद्यालयकी सिस्मोलोजिस्ट मेरिन डेनोलका अनुसार टेम्पल म्याचिङबाट जुन डाटा जम्मा भएका छन् त्यसले भविष्यमा हुने अनुसन्धानमा सहयोग पुर्याउनेछन् । यसका लागि आफू निकै उत्साहित भएको बताउँदै उनले भने, ‘यो भूकम्पको सबैभन्दा ठूलो क्याटलग हो । यसमार्फत् हामी भूकम्प कहाँ र कसरी आउँछन् भनेर पत्ता लगाउन सक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप