बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रियलको जितमा बेन्जेमाको ह्याट्रिक

सोमबार, ०९ वैशाख २०७६, ०८ : ३२
सोमबार, ०९ वैशाख २०७६

एजेन्सी - करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई ३–० गोलले हराएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले सबै गोल दोस्रो हाफमा गरेको थियो । बेन्जेमाले ४७ औं मिनेटमा खाता खोलेका थिए । उनले मार्को असेन्सियोको वासमा हेड गोल गरेका थिए ।

बेन्जेमाले ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले ९० औं मिनेटमा ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । बेन्जेमाले जारी सिजनमा २१ गेल गरिसकेका छन् । उनले पछिल्ला पाँच खेलका व्यक्तिगत आठ गोल गरेका छन् ।

जितसँगै तेस्रो स्थानमा रहेको रियलले ३३ खेलबाट ६४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७७ र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । रियलसँग हारेको बिल्बाओ ४६ अंकसहित सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप