बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आइपीएल क्रिकेट : धोनीकाे टिम १ रनले पराजित

सोमबार, ०९ वैशाख २०७६, ०७ : २९
सोमबार, ०९ वैशाख २०७६

एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर किंग्सलाई १ रनले हराएको छ । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको एक ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । अम्बाती रायडुले २९, रविन्द्र जडेजाले ११ रन बनाए । बलिङमा बैंगलोरका डेल स्टेन र उमेश यादवले दुई-दुई विकेट लिए । सन्दीप सैनी र युजवेन्द्र चाहलले एक-एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।

बलिङमा चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले दुई-दुई विकेट लिए । इमरान ताहिरले एक विकेट लिएका थिए । हारे पनि चेन्नई शीर्ष स्थानमा यथावत छ । चेन्नईले १० खेलबाट १४ अंक बनाएको छ । लिगको पुछारमा रहेको बैंगलोरले १० खेलबाट ६ अंक बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप