शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पेको ह्याट्रिकसँगै पीएसजी च्याम्पियन

सोमबार, ०९ वैशाख २०७६, ०७ : ११
सोमबार, ०९ वैशाख २०७६

एजेन्सी - फ्रेन्च लिगको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी)ले जितेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ गोलले हराउँदै उपाधि रक्षा गरेकाे हाे । पीएसजी पाँच खेल अगावै लिग च्याम्पियन बनेको हो ।

पीएसजीको जितमा युवा स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरे । आठौं पटक लिगको उपाधि जितेको पीएसजीले पछिल्ला सात संस्करणमा ६ संकरण जितेको छ । पीएसजीको उपाधि खेलमा तीन महिनादेखि चोटका कारण विश्राममा लिएका नेइमारले पनि पुनरागमन गरेका थिए । यद्यपी नेइमारलाई दोस्रो हाफमा मात्र खेलाएको थियो । 

घरेलु मैदानमा पीएसजीलाई जिताउन एमबाप्पेले १५ औं मिनेटमा खाता खोले । ३८ औं मिनेटमा दोस्रो गोल गरेका एमबाप्पेले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । खेलभर पीएसजीको दबाब झेलेको मोनाकोले ८० औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । मोनाकोका लागि अलेकसान्डर गोलोभिनले गोल गरे ।

जितसँगै पीएसजीको ३३ खेलबाट ८४ अंक पुगेको छ । उसले दोस्रो स्थानको लिलेलाई १९ अंकले पछि पारेको छ । लिलेको ६५ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप