नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी
सोमबार, ०९ वैशाख २०७६, ०६ : ३१
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जिल्ला कमिटीमा तत्कालीन अध्यक्ष रहेकालाई नेतृत्वमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच आइतबार बिहान सहमति जुटेपछि एकता प्रक्रिया टुंग्याउन सचिवालय बैठक बसेको थियो । बैठकले शीर्ष तहमा सहमति जुटेअनु्सार नै जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्व एमालले ४४ र पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पाउने निर्णय गरेको छ । यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार