बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सलाङघाट बस दुर्घटना: २ जनाको मृत्यु, २५ जना घाइते (मृतक र घाइतेको नाम अपडेट)

आइतबार, ०८ वैशाख २०७६, १९ : ३६
आइतबार, ०८ वैशाख २०७६

धादिङ– पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  आइतबार बिहान १० बजे काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको हो । 

तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । 

उनका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखा खोपाचाँगुकी पार्वती बुढाथोकी र भिमेश्वर नगरपालिकाका हरिबंश केसी रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुलाई काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नाम र ठेगाना तल हेर्नुहोस्ः 


दोलखा कालिञ्चोक ७ बस्ने बर्ष २५ को नमराज थापा

दोलखा कालिञ्चोक ७ बस्ने बर्ष ३७ को यज्ञ बहादुर कार्की

दोलखा कालिञ्चोक ७ बस्ने बर्ष २२ कि सन्ध्या बुढाथोकी

दोलखा कालिञ्चोक ७ बस्ने बर्ष ३४ कि रेनु बुढाथोकी

दोलखा कालिञ्चोक ७ बस्ने रेनु बुढाथोकिको छोरा १५ महिनाको राज कुमार बुढाथोकी

दोलखा कालिञ्चोक ७ बस्ने  बर्ष २५ कि मिरा दुलाल, सोही ठाउँ बस्ने बर्ष ३१ को प्रदिप खुलाल रहेका छन् । त्यस्तै सोही ठाउँ बस्ने बर्ष ७२ कि बिष्णु , बर्ष २३ कि गिता खूलाल‚ बर्ष २२ को संञ्जय बुढाथोकी, बर्ष ३७ को शिब कार्की‚ बर्ष  २६ को राजेन्द्र बुढाथोकी‚ १९ वर्षीय राजन खडका‚  समेत घाइते भएका छन् । 

त्यस्तै दोलखा गौरिशंकर गापा  बस्ने बर्ष २२ कि कमला कार्की र दाङ तुलसिपुर नपा ६ की  स्मृति आचार्य पनि घाइते भएका छन् ।  दोलखा कालिन्चोक ७ का २६ वर्षीय पदम खुलाल‚ काठमाण्डौ कागेश्वेरी नपा ११ बस्ने ४३ वर्षीय  तेजराज बुढाथोकी घाइते भएका छन् ।

त्यस्तै दोलखा गौरीशकर गापा बस्ने बर्ष २६ कि सुस्मिता खत्री‚ काठमाण्डौ कागेश्वेरी नपा ११ बस्ने बर्ष २५ कि सजिना बुढाथोकी‚  सोही ठाउँका बर्ष ३ का समिप बुढाथोकी समेत घाइते भएका छन् ।
त्यस्तै दोलखा गौरीशकर गापा १ बस्ने बर्ष २१ को दिनेश केसी पनि सामान्य घाइते भएका छन् ।

घाइते हुनेहरुमा काठमाण्डौ कागेश्वेरीकी ४० कि शारदा बुढाथोकी, सिन्धुली खोलाङ गापा २ बस्ने बर्ष ३४ को भोज बहादुर बस्नेत ओखलढुङ्गा भैसेटोल नपा ६ बस्ने बर्ष ४२ कि  गिता कटवाल,, ओखलढुङ्गा सुनकोशी नपा ८ बस्ने बर्ष १२ को सुजन कार्की समेत रहेको प्रहरीले जनाएको छ । अधिकांश घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो भने केहीलाई काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप