शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णु पौडेलको जिल्लाबाट केसीको हमलाः सरकारी सम्पत्ति हडप्ने ?

आइतबार, ०८ वैशाख २०७६, १८ : ०२
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा  नेतागतभन्दा नीतिगत एकता हुनुपर्ने बताएका छन् ।  नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा नेता केसीले यस्तो बताएका हुन् । 

उनले भने, ‘पार्टीको आन्तरिक जीवनमा नीतिगत एकताले ठूलो अर्थ राख्छ ।  साथै समयमै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रक्रियाले पनि पार्टी उर्जाशील बन्छ । अब काँग्रेस महाधिवेशन केन्द्रित हुनुको विकल्प छैन ।’ नेता केसीले कुनै बहानामा पनि महाधिवेशन पछाडि धकेल्ने काम नगर्ने पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । 

फरक प्रसंगमा नेता केसीले वर्तमान सरकार सत्ता कब्जाको बाटोतिर लागेको आरोप लगाए । ‘सरकारको आडमा केपी शर्मा ओली र प्रचण्ड सत्ता कब्जा गर्न केन्द्रित भएका छन् । यो कुरा काँग्रेसका लागि स्वीकार्य छैन । यस विषयमा पनि पार्टी नेतृत्वले ठिक समयमा ठिक कदम लिनुपर्छ,’ उनको भनाई थियो ।

यस्तै नेता केसीले सत्तासीन दलका नेताहरु सरकारी सम्पत्ति हडपेर निजीकरणतिर लागेको आरोप लाए ।  ‘सरकार माफियाहरुको चङगुलमा फसेको छन् । सत्तारुढ दलका नेकपाका महासचिव विष्णु पौडेलले माफियाको दलाल भएर सरकारी सम्पत्ति हडपेर र निजीकरण गरेका छन् । तर सरकार नै माफियाहरुलाई कारबाही गर्नुको साटो बचाउ गर्दै हिडेको छ,’ नेता केसीले भने । 

विष्णु पौडलले बालुवाटारमा जग्गा किनेर गल्ती गरेको छैन भन्नु हास्यस्पद भएको उनको तर्क थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप