मन्त्रीकै अस्पतालमा नर्सको रहस्यमय मरण : डिप्रेशन की ‘हत्या’ ?
जनकपुर– जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि अनेक टिकाटिप्पणी र शंकाउपशंका हुन थालेका छन् ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको लगानी रहेको उक्त अस्पतालमा कार्यरत
रक्षा आले आइतबार बिहान शौचालयमा पासो लागेको अवस्थामा फेला परेकी हुन् ।
तर, रक्षाका आफन्तले भने घट्ना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले रक्षाले आत्महत्या गरेको भनिएपनि घट्नास्थलको प्रकृति हेर्दा आत्महत्या भन्न नसकिने बताएका छन् । रक्षाकी आफन्त रुद्र बर्जामगरले शौचालयमा झुण्डिएको अवस्था हेर्दा शंकास्पद देखिएको भन्दै घटनाको छानविन गर्न माग गरे ।
त्यस्तै बुवा लालबहादुर आलेले रक्षा विगत ८ महिनादेखि टिचिङ अस्पतालमा कार्यरत रहेको भन्दै उनमा कुनै समस्या नरहेकाले छोरीको हत्या नै भएको जिकिर गरेका छन् । उनले ‘घटनाको निष्पक्ष छानविन गर्नुपर्छ’ लालबहादुरको माग छ ।
हस्पिटलको होस्टेलमा बस्दै आएकी महोत्तरी गौशाला नगरपालिका रामनगरकी २४ वर्षीया रक्षा आईतवार विहान शौचालयभित्र पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।आईतवार विहान प्रहरीले मुचुल्का गरेर शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगेको र थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नावय उपरीक्षक रामेश्वर कार्कीले बताए । रक्षाको आत्महत्या वा हत्या भन्ने विषयमा अनुसन्धान भइरहेकाले यसै हो भन्न नसकिने प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार रक्षाले होस्टलमा सँगै बस्ने अर्की एक जना स्टाफ नर्स साथीसँग समलैंगिकता सम्बन्ध कायम गर्न दवाव दिदैँ आएको थिइन् ।
समलैंगिकताकै कारण एक अर्कासँग सम्बन्ध बनाउन नसकेको तथा गोप्य कुरा सबैले थाहा पाएपछि पनि प्रेम गरिरहेकी साथीले समेत साथ र सहयोग नदिएपछि डिप्रेशनका कारण आत्महत्याको बाटो राजेको हुनुपर्ने कतिपयको भनाई छ ।
रक्षाले एक स्टाफ नर्स साथीसँग प्रेम गर्दै आएकी थिइन् । ती नर्सलाई उनले पटक पटक भन्ने गरेकी थिइन् ‘तिमीविना बाँच्न सक्दिन, तिमि केटा जस्तो व्यवहार गर’ उनकी साथीले यहि कुरा अरु साथीलाई पनि सुनाएपछि त्यसो नगर्न रक्षालाई सम्झाउने समेत गरिएको थियो । त्यसको अर्को दिन (शनिवार) रक्षाले तिनै साथीसँग रिचार्ज समेत मागेकी थिइन् । तर पैसा नभएकाले साथीले रक्षालाई रिचार्ज कार्ड ल्याइदिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्डले भने- भाटभटेनी प्रचण्डको हो भनी भ्रम हट्यो
-
आरोग्य र आध्यात्मिक शक्तिका लागि कार्तिक स्नान
-
ज्ञानेन्द्र शाहलाई भेटेको हल्लाको प्रचण्डद्वारा खण्डन
-
म ७० पुगेँ तर फेरि अर्को क्रान्तिको नेतृत्व गर्ने आँट छ : अध्यक्ष प्रचण्ड
-
अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौँ : प्रचण्ड
-
सरकार माओवादी पार्टी फुटाउने षड्यन्त्र लाग्यो : प्रचण्ड