शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनसम्पर्क समिति बेल्जियममा विवादः एकताको बाटो तय गर्न आग्रह

आइतबार, ०८ वैशाख २०७६, १६ : ५९
आइतबार, ०८ वैशाख २०७६

बेल्जियम– नेपाली जनसम्पर्क समिति बेल्जियममा देखिएको विवाद समाधान गर्न नेपाली जनसम्पर्क समिति, यूरोप समन्वयन समितिले आग्रह गरेको छ । 

 व्यक्तिगत इगोले संस्थाकै भविष्य अन्धकारमा पर्ने अवस्था आएको भन्दै युरोप समन्वय समितिले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिसंग आबद्ध सम्पूर्ण सदस्यहरुलाई पार्टी एकताको बाटो तय गर्न आग्रह गरेको हो । 

समितिका संयोजक दिल बहादुर गुरुङले जारी गरेको एक विज्ञप्तिमा पार्टी भित्रको विवादलाई सार्वजानिक बहसको बिषय नबनाई सामाजिक संजालमा समेत पार्टी अनुसाशन भित्र रहेर आफ्ना विचारहरु राख्न अनुरोध गरिएको छ ।

साथै नेपाली जनम्पर्क समिति नेपाली कांग्रेसको विद्यानमा प्रस्ट उल्लेख गरि गठन भएको पार्टीको शुभचिन्तक संस्था भएको हुदाँ पार्टीको अहित हुने गरि टिकाटिप्पणी नगर्न पनि उनले सबैप्रति ध्यानाकर्षण गराएका छन् ।
जनसम्पर्क समिति बेल्जियममा लामो समयदेखि समानान्तर समिति अस्तित्वमा रहेको छ भने दुई गुटलाई मिलाउन पटक पटक पहल भइरहेपनि सम्भव हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप