शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

आइतबार, ०८ वैशाख २०७६, १६ : ४५
आइतबार, ०८ वैशाख २०७६

सल्यान– सल्यानमा कैदीले दान दिएको रगतबाट  एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७ की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गरेकी हुन्  । ‘अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ,’ पूजाले भनिन् ।

गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई शनिबार बिहान जिल्ला अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । पेटमा रहेको बच्चाको मृत्यु भइसकेकाले शल्यक्रिया गरेर निकालिएको चिकित्सक प्रदीप शर्माले जानकारी दिए । ‘जिल्लामा ब्लड बैंक छैन शल्यक्रिया गर्नुपरेमा रक्त समूह मिल्ने व्यक्तिलाई फोन गरेर अस्पतालमा बोलाएर रगत झिक्छौ ।’  उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप