खाद्य संस्थानको चामल कारागारमा बढी खपत
कास्की– गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थानको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ ।
यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी गराए ।
उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ । कारागारमा सोना मन्सुली चामल र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताए । ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम गहुँ पनि भण्डारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’