कर नतिर्ने १३१ व्यवसायी आन्तरिक राजस्वको फन्दामा, १५ दिनभित्र नतिरे कारबाही, को–को परे ?
काठमाडौं–आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ ।
आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका ंं१३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुलाई कार्यालयले पटक-पटक पत्राचार तथा फोन गर्दा समेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरुको नाम प्रकाशित गरेर कार्यालयले सूचना नै जारी गरेको छ ।
१५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, चल/अचल सम्पत्ति रोक्का तथा लिलाम बिक्री गरी कानुनी कारबाही गरिने जनाइएको छ ।
सरकारले पछिल्लो दिनमा कर नतिर्नेलाई सार्वजनिक सूचना जारी गदै ताकेता गर्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण