केन्द्रीय संस्करण

सरकार सहमति र सहकार्यका साथ अघि बढ्न सकेनः सुजाता  कोइराला

person explore access_timeबैशाख ८, २०७६ chat_bubble_outline0

पोखरा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।’ 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् । 

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उनले भनिन्, ‘पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।’    देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्। 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...