‘जात्रै जात्रा’ गीत : जीवन यात्रामा विपिन र रवीन्द्र
काठमाडौं –प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ले ‘जीवन जात्रा हो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक ‘माया पिरती’ बोलको गीतले चर्चा पाइरहँदा निर्माण युनिटल यो गीत पनि सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा स्वर तथा संगीत कालीप्रसाद बाँस्कोटाको रहेको छ । गीतमा शब्द अर्जुन भट्टराई र कोरियोग्राफी प्रविन सिंहको रहेको छ ।
गीतमा फिलमका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ देखिएका छन् । गीतमा कलाकार अलि फरक लुकमा देखिएका छन् । रविन्द्र सिंह बनियाँ कार्यकार िनिर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।
फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको छ ।
फिल्म ‘जात्रा’ हिट भएपछि यसको सिक्वेलको रुपमा यो निर्माण भएको हो । त्यसैले पनि यो फिल्म प्रति धेरैको अपेक्षा छ । फिल्ममा शंकर महर्जन द्वन्द्व, कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी