मह जोडीलाई ‘बसुन्धरा पुरस्कार’
आइतबार, ०८ वैशाख २०७६, १२ : ४०
काठमाडौैँ – वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ हाँस्य मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले श्रेष्ठलाई ‘वसुन्धराश्री पुरस्कार’ र आचार्यलाई ‘मानश्री पुरस्कार’ प्रदान गर्न लागेको हो ।
हास्यव्यङ्गय, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयको माध्यमले नेपाली कला, रङ्गमञ्च र हाँस्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत दुबै कलाकारलाई सम्मान पत्र सहित रु ५० , ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पुरस्कारको निणर्य गरेको हो । पुरस्कार उक कार्यक्रम सहित बाँडिने प्रतिष्ठाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ