अपडेटः श्रीलङ्काको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या १०५
आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ ।
बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो ।
यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ ।
यी बम बिस्फोटमा २४७ घाइते भएका छन् । घाइतेलाई कोलम्बोका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार चीन चर्च र कोलम्बोको एक पाँच तारे होटलसमेत ६ स्थानमा बम बिस्फोट भएको छ ।
कमोच्चादाइस्थित सेन्ट एन्थोनी, बट्टिकोला र काटुआपिटिया चर्चलगायत कोलोम्बोमा सांग्रिला स्टार, किंग्सबरी र सिनेमन ग्रान्ड होटलमा बम बिस्फोट भएको हो ।
धमाकामा विभिन्न विदेशी नागरिक मारिएको र घाइते भएको पनि खबर छ ।
सेन्ट एन्थोनीमा हज्जारौं मानिसहरु इस्टरको प्रार्थनाका लागि जम्मा भएकमा थिए ।
एक प्रत्यक्षदर्शीले बीबीसी सिंहलालाई बिस्फोटपछि उनले थुप्रै शवलाई एकमाथि अर्को गरेर खप्टिएको देखेको बताए ।
बिस्फोटपछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । अहिलेसम्म यो हमलाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।
श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले सुरक्षा एजेन्सीले बिस्फोटबारे अनुसन्धान गरिरहेको बताए । उनले मानिसहरुलाई गलत समाचारमा विश्वास नगर्न अपिल गरे ।
प्रधानमन्त्री रानिल विक्रमसिंघेले सुरक्षाको विषयमा एक आपतकालीन बैठक बोलाएको बताए ।
श्रीलङ्काका अर्थमन्त्री मंगला समरवीराले ट्वीट गरेका छन्, ‘चर्च र होटलमा इस्टर सन्डे बम बिस्फोटमा निर्दोष मारिएका छन् । यस्तो लाग्छ कि अराजकता फैलाउनका लागि यसलाई निकै व्यवस्थित तरिकाले टुङ्गो लगाइएको छ । ’
Easter Sunday bomb blasts in churches & hotels, killing many innocent people seems to be a well coordinated attempt to create murder,mayhem & anarchy.All those who cherish democracy,freedom & economic prosperity must unite now with nerves of steel to defeat this heinous attempt.
— Mangala Samaraweera (@MangalaLK) April 21, 2019
श्रीलङ्काका पूर्व राष्ट्रपति एवं विपक्षी नेता महिन्दा राजपक्षेले धमाकाको निन्दा गर्दै यसलाई अमानवीयको संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार