बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘कामसूत्र थ्रीडी’ की यी अभिनेत्रीको निधन, कसैले पनि दिएनन् समवेदना !

आइतबार, ०८ वैशाख २०७६, १० : ०३
आइतबार, ०८ वैशाख २०७६

सिनेमा जगतकी सबैभन्दा चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानको शुक्रबार निधन भयो । वेबसाइट ग्ल्यामश्यामको रिपोर्टका अनुसार सायराको निधन हृदयघातका कारण भएको हो ।

स्मरण रहोस्, कामसूत्र थ्रीडीमा सायराले अभिनेत्री शर्लिन चोपडाको स्थान ओगटेकी थिइन् । फिल्मको रिलिजका बेला शर्लिनको विषयमा निकै विवाद पनि भएको थियो जसका कारण सायरा जुन पहिचानको हकदार थिइन् त्यो पाउन सकिनन् ।

कामसूत्र थ्रीडी का निर्माता रुपेश पलले आफू सायराको निधनमा निकै आघात भएको बताए । सायराको निधनमा उनले वेबसाइटसँग कुरा गर्दै आफूले यस्तो होला भनेर कहिले पनि नसोचेको बताए ।

रुपेशका अनुसार शर्लिनको स्थान लिएपछि सायराले निकै मुश्किलको सामना गरिन् । उनले भने, ‘सायराका लागि उक्त भूमिका निकै चुनौतीपूर्ण थियो । उनी मुस्लिम परिवारकी थिइन् त्यो पनि एकदम रुढीवादी परिवार । त्यसकारण उनलाई यो फिल्ममा लिन सबैभन्दा धेरै समस्या हामीले भोग्नुपर्यो । तर जब सायराले भूमिका निभाइन् तब उनले प्रमाणित गरिन् कि यो भूमिका उनले भन्दा राम्रो कसैले निभाउन सक्दैनथ्यो । ’

रुपेश भन्छन्, ‘मलाई यो कुराको सबैभन्दा धेरै दुःख यो छ कि सायराको मृत्यु हुँदा उनलाई कसैले पनि समवेदना व्यक्त गरेनन् । उनी उत्कृष्ट नायिका थिइन् । म उनको आत्माको शान्तीको लागि प्रार्थना गर्छु ।’

उनीअघि सन् २०१८ मा बलिउडकी नायिका श्रीदेवीको निधन पनि हृदयघातका कारण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप