शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले गरेको दमनविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

आइतबार, ०८ वैशाख २०७६, ०९ : ५७
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । 

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको माग गरेको हो । 

 विप्लव समूहले वैशाख ६ गते केन्द्रीय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्व दोस्रोपटक पक्राउ परेका छन् । 

विज्ञप्तिमा भनिएको छ ‘पार्टीमाथिको दमन, प्रतिबन्ध, गिरफ्तारी रोकिएन भने हामी सशक्त्र प्रतिरोध गर्न बाध्य हुनेछौँ । अहिले पनि भन्दैछौँ, हामीलाई बाध्य नपारियोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप