शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो किस्ता नपाएपछि निर्माणाधिन एघार सय घर अलपत्र

आइतबार, ०८ वैशाख २०७६, ०८ : ४७
आइतबार, ०८ वैशाख २०७६

जाजरकोट - जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एघार सय घर अलपत्र परेकाे छ । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण हुन नसक्दा अलपत्र परेकाे हाे ।

पहिलो किस्ता रकम दिएर पाँच वर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर दोस्रो किस्ता नदिँदा निर्माण भएका आधा घर भत्किएर अलपत्र परेकाे हाे । निम्न वर्गका आयस्रोत कम भएका दलित समुदायको लागि बासस्थानको व्यवस्था गर्न सरकारले जनता आवासको कार्यक्रम सञ्चालन गरेको थियो ।

डोल्पा जिल्लाका एघार सय जनता आवासअन्तर्गतका दलित समुदायका घर आधा बनेकाले धेरैले पहिलो पेश्की पाइसकेका छन् । कसैले पहिलो पेश्कीसमेत नपाएको गुनासो गरेका छन् । विगत दुई वर्षदेखि आवश्यक बजेट नपाउँदा घर अलपत्र परेको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमका टङ्क सुनारले गुनासो गरे ।

पहिलो पेश्कीमा ५० हजार रूपैयाँ उपलब्ध गराइएको थियो । सो रकम दिएको दुई वर्ष बिते पनि थप रकम नदिँदा घर जग नै अलपत्र भएकाे हाे । सरकारले किस्तामा रकम उपलब्ध गराइ घर निर्माण गर्ने आस दिएको तर अहिलेसम्म वास्ता नगरेको स्थानीयले बताएका छन् । 

सङ्घीय एकाइ कार्यालयका कर्मचारी गोपाल सार्कीले पहिला सहरी विकासअन्तर्गत रहेको यो कार्यक्रम समायोजन भएपछि भौतिक मन्त्रालयले जिम्मा लिएको बताए । सार्कीका अनुसार डोल्पाका नौ वटा गाविसमा यो कार्यक्रम लागू भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप