बार्सिलोना लिग फुटलबको उपाधि नजिक
एजेन्सी - बार्सिलोना स्पेनिस ला लिग फुटलबको उपाधि नजिक पुगेको छ । घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेकाे हाे । लिगमा पाँच खेल खेल्न बाँकी रहेकाे बार्सिलोनालाई उपाधिका लागि अब ६ अंक आवश्यक छ ।
यस जितसँगै बार्सिलोनाले ३३ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । बार्सिलोना एट्लेटिकोभन्दा ९ अंकअगाडि छ । बार्सिलोनासँग हारेको सोसिडाड ४१ अंकसहित १० औं स्थानमा छ ।
प्रतिस्पर्धातमक खेलमा बार्सिलोनाले ४५ औँ मिनेटमा खाता खोलेको थियो । क्लेमेन्ट लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए । ६२ औँ मिनेटमा सोसिडाडका जुआनमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा जोर्डी आल्बाले गोल गर्दै बार्सिलोनालाई जिततर्फ लगे । जोर्डीको गोलपछि दुवै टोलीले थप गोल गर्न नसक्दा बार्सिलोनाले जित हात पारेकाे हाे ।
शनिबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिकोले इबरलाई १–० गोलले हरायो । एट्लेटिकोको कठिन जितमा थोमस लेमरले ८५ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ