पाँच खेलअगाडि नै युभेन्टस च्याम्पियन, रोनाल्डोको कीर्तिमान
एजेन्सी - इटालियन सिरी ‘ए’को उपाधि युभेन्टसले जितेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै युभेन्टस लिग च्याम्पियन बनेको हो । पाँच खेल बाँकी छँदै च्याम्पियन बनेको युभेन्टसको यो लगातार आठौं लिग उपाधि हो ।
युभेन्टसको यस उपाधिमा स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमानसमेत रचेका छन् । रोनाल्डो युरोपका तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् । उनीबाहेक अहिलेसम्म अरू खेलाडीले इङल्यान्ड, स्पेन र इटालीको लिग जित्न सकेका छैनन् ।
३३ औँ खेलमा पुगेर उपाधि हात पारको युभेन्टसले यसअघि सन् २०११–१२ पछि लगातार सात सिजन सिरी ‘ए’ जितेको थियो । युभेन्टस जारी सिजन युरोपका लिगमध्ये सबैभन्दा चाँडो लिग जित्ने टोलीसमेत बनेको छ ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टस सुरुवातमा पछि परेको थियो । छैटौं मिनेटमा फियोरेन्टिनाका निकोला मिलेनकोभिकले पहिलो गोल गरेका थिए । त्यसपछि जोसिएको युभेन्टसले ३७ औँ मिनेटमा बराबरी गोल फर्कायो । युभेन्टसका लागि एलेक्स सान्ड्रोले बराबरी गोल गरे ।
अर्को गोल ५३ औँ मिनेटमा युभेन्टसले उपहार पाएको थियो । क्रिस्टियानो रोनाल्डोको शसक्त प्रहार फियोरेन्टिनाका रक्षक जर्मन पेजेल्लाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा युभेन्टस च्याम्पियन बन्यो ।
चारदिन अघिमात्र युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको युभेन्टसलाई यस उपाधिले केही राहत मिलेको छ । च्याम्पियन्स लिगमा युभेन्टस डच टोली आयाक्ससँग पराजित भएको थियो । जितसँगै युभेन्टसले अब ३३ खेलबाट ८७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नापोलीले ३२ खेलबाट ६७ अंक बनाएको छ । ११औं स्थानमा रहेको फियोरेन्टिनाको ४० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश