क्रिश गेललाई आउट गरेका सन्दीप लामिछानेले लिए तीन विकेट
काठमाडौं - नेपाल किक्रेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले शनिबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स ११ पन्जाबविरूद्ध तीन विकेट लिएका छन् । आफ्नो जादुमयी बलिङ प्रदर्शन गरेका उनले दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा पन्जाबका तीन शक्तिशाली ब्याट्सम्यानलाई आउट विकेट लिएका हुन् ।
दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलाे विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । पहिलो बलमै छक्का हानेका राहुललाई लामिछानेले चौथोँ बलमा विकेट लिएका हुन् ।
यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले चार चौका प्रहार गरे । विष्फोटक ब्याटिङमा चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे । खेलको तेह्रौँ ओभरमा बलिङमा आएका लामिछानेलाई गेलले उनलाई छक्का प्रहार गरे । तर, दोस्रो बलमा उनले गेललाई आउट गरे । सन्दीपको बलमा थप छक्का हान्न खोजेका गेल आउट भए । उनको बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । बाउन्ड्री नजिकै रहेका इन्ग्रामले बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे । इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरेर गेललाई आउट गरे ।
यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । खेलको अन्तिम बलिङमा लामिछानेले मन्दीप सिंह धरापमा परे । लामिछानेको बलमा ठुलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण