केन्द्रीय संस्करण

महिलाको ‘काल’ बन्दै दाइजो

person explore access_timeबैशाख ८, २०७६ chat_bubble_outline0

वीरगन्ज - तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ ।

यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो । सो घटनासँगै तराई मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ । प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नलाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए । यो समाचार रितेश त्रिपाठीले नागरिकमा लेखेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...