शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थानकोट–नागढुङ्गा सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड

आइतबार, ०८ वैशाख २०७६, ०६ : २९
आइतबार, ०८ वैशाख २०७६

काठमाडौँ –राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिए । 

उनका अनुसार, अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत साता नै सो रकम प्राप्त भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप