शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोठमा आगलागी हुँदा एक बालकको मृत्यु

शनिबार, ०७ वैशाख २०७६, २१ : ५१
शनिबार, ०७ वैशाख २०७६

बागलुङ– बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उनका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । 

    आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिए ।     आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन् । गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ । भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताए । 
आगलागीपश्चात् स्थानीयको जानकारीमा घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप