को हुन् प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने यी युवा ?
बुटवल । शुक्रवार बुटवलको एक बिशाल कार्यक्रममा एक मात्र युवा रुद्रप्रसाद घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ‘हिम्मत’ गरे ।
दुस्साहस’को हदमा उत्रिएर प्रम ओलीलाई झण्डा देखाउने ती युवा को हुन् ? त्यो खोज्ने क्रममा तत्कालै उनी अर्घाखाँचीका भन्ने त थाहा पाइयो तर उनका बारेमा थप कुरा थाहा पाउन सकिएन । उनको पहिचान खोज्नेक्रममा हामीले बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लसंग सम्पर्क राखेका थियौं । उनका अनुसार प्रधामन्त्रीलाई कालो झण्डा देखाउने ती युवा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५, साविक भगवती गाविस–१ मोडेलचौर स्थित सामन्य परिवारका ३१ वर्षीय युवा रुद्रप्रसाद घिमिरे हुन् ।
प्राप्त जानकारी अनुसार उनी बुटवल–११ को माझ गाउँमा बसेर दुध संकलन ब्यवसाय गर्ने गर्छन् । छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेल भन्छन् – ‘उनी मोडलचौरका सामान्य किसान परिवारका छोरा हुन । बाबु आमा एकदमै सोझा छन् । उनी भने स्नातक उत्तीर्ण युवा हुन् । उनको घरमा छोरा, श्रीमती र बाबुआमा छन् ।’
पोखरेल भन्छन्, ‘घिमिरे आफै भने बुटवलमा बसेर दुध व्यवसाय गर्ने गर्छन् । राजनैतिक रुपमा भने हाम्रो पार्टी नेपाली कांग्रेस निकट भएको स्थानीय तहको निर्वाचनबाट बुझेको हुँ । मलाई चुनावभर बोकेर हिँडेका युवा हुन् । उनले चुनावमा निकै सहयोग गरे । विजयी जुलुसमा पनि अग्रपंक्तिमा थिए ।’
पोखरेलको दावी छः ‘घिमिेरेले नबुझेर कालो झण्डा देखाएका होइनन् । देशको अवस्था कालो भएरै कालो झण्डा देखाएका होलान् भन्ने मेरो बुझाइ हो ।’
बुटवलका प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिएअनुसार, उनी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर ३ बाट नेकपाका नेता विष्णु पौड्यालका विरुद्ध स्वतन्त्र उमेदवारी दिएर उठेका युवा समेत हुन् । सो चुनावमा 'आफूले २१ मत प्राप्त गरेको' घिमिरेले बताएको तथा उनी चर्चामा आउने युवा भएको बुझिन आएको पनि उनले बताए । हाल घिमिरेलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको जानकारी मल्लले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी
-
सिंहदरबार वैद्यखानाबाट औषधीको उत्पादन बढाउन मन्त्री पौडेलको आग्रह
-
पुस १२ गतेदेखि मध्यपुर महोत्सव
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै