शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा प्रधानमन्त्री ओलीका सवा घण्टा : शालिक अनावरणदेखि क्यालेन्डर विमोचनसम्म

आउने भनी प्रचार गरिएका पूर्व प्रम प्रचण्ड चाहिँ आएनन्
शनिबार, ०७ वैशाख २०७६, १८ : ५८
शनिबार, ०७ वैशाख २०७६

बुटवल । प्रधानमन्त्रीले  के पी ओलीले बुटवमाल आज दिउसो सवाँ एक घण्टाको अवधिमा पाँच काम गरेका छन् । त्यस अवधिबीच उनले शालिक अनावरणदेखि क्यालेण्डर विमोचन गर्न समेत भ्याएका छन् ।

नेपाली सेनाले बृटिस सेनालाई पराजित गरी बिजय प्राप्त गरेको खुशियालीमा आज बुटवलको जीतगढी उत्सवको समारोह प्रमुख अतिथिको रुपमा प्रधानम्त्री ओली दिउँसो  निर्धारित समयभन्दा दुई घण्टा ढिलो आएका थिए ।

त्यहाँ उनले  तत्कालीन युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पुर्ण कदको शालिकको अनावरण गरी त्यही नजिकै राखिएको बिशाल राष्ट्रिय झण्डाको झण्डोलोत्तन  गरे ।

स्मरण रहोस्, वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।

सोही समारोहको क्रममा प्रधानमन्त्री ओलीले बुटवल नगरपालिकाले निकालेको ‘बुटवल सन्देश’ स्मारिकाको बिमोचन  समेत गरे । उनले जितगढि किल्लाको  ऐतिहासिकता झल्कने तामपत्र पनि अनावरण गरे । त्यति मात्र होइन, सोही समारोहमा प्रम ओलीले मदनभण्डारी स्पोर्टस एकेडमीे, रुपन्देहीले निकालेको नयाँको क्यालेन्डर बिमोचन गर्न पनि भ्याए ।

उत्सवका अवसरमा आज बिहान बुटवलमा झाँकीहरुसहितको बृहत्त र्याली निकालिएको थियो । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट सुरु भएको र्याली उपमहानगरका बिभिन्न स्थानको परिक्रमागरेपश्चात जीतगढीमा पुगेर बिशेष समारोहमा परिणत भएको थियो । १० बजेका लागि निर्धारण गरिएको  बिशेष समारोह २ घण्टा ढिला मध्यान्ह १२ बजे सुरु भएको थियो । बिहानैदेखी र्यालीमा हिँडेका सहभागीहरु  कार्यक्रम ढिलो शुरु हुँदा आफूहरु भोकभोकै बस्नु परेको गुनासो गरेका थिए ।

बिशेष समारोहमा प्रधानमन्त्री ओली सहित रक्षामन्त्री इश्वर पोखरेल, काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा महासचिव बिष्णु पौडेल, प्रदेश ५ का प्रदेश प्रमुश उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल लगायत प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत कार्यक्रममा उपस्थित हुने प्रचार गरिएको भएपनि उनी चाहिँ उपस्थित भएनन् ।

 

    
    

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप