बरदानले बनाए अर्को गीत
शनिबार, ०७ वैशाख २०७६, १६ : १८
काठमाडौं– पैसाको महत्व निकै ठूलो हुन्छ । आम्दानीका नभए रकम जुटाउन पनि धो–धो पर्छ । पैसा नहुँदाको अवस्था, त्यसपछिको सोच र समस्यामा केन्द्रीत रहेर नेदरल्यान्डसमा बस्दै आएका २० वर्षे युवा र्यापर बरदान बस्नेतले एक गीत सार्वजनिक गरेका छन् ।
उनले गीतमार्फत अनेकन् समस्या सुनाएका छन् र अनेक समस्यासँग जुध्दै एक स्वतन्त्र मान्छे भएर बाँच्न चाहेको भाव व्यक्त गरेका छन् ।
हालै रेकर्ड भएको बरदानको यो दोस्रो गीत हो । यसअघि उनले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका क्रियाकलापलाई ब्यङ्ग्य गर्दै गीत ‘बरदानको नमस्कार’ सार्वजनिक गरेका थिए ।
वरदानले गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।