केन्द्रीय संस्करण

प्रधानमन्त्री ओलीले ऐतिहासिक किल्लामा उभिएर भने, ‘देश समृद्धितर्फ अघि बढेको छ, दक्षिणवाला ज्योतिषको भ्रममा नपरौं

person explore access_timeबैशाख ७, २०७६ chat_bubble_outline0

बुटवल –प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको युग विकास र समृद्धिको युग भएको भन्दै क्रान्तिको नाममा उपद्रो नगर्न विप्लव समूहलाई चेतावनी दिएका छन् । 

बुटवलमा गोरखाली सेनाले ब्रिटीस सेनालाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लामा उभिएर प्रधानमन्त्री ओलीले वीरताको देशमा अहिले विकासको काम भइरहेको दाबी गर्दै आफूले त्यसै ‘समृद्ध नेपाल, खुसी नेपाली’ को नारा नबनाएको बताए । 

ओलीले संविधान विरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने भन्दै संविधान विरोधी काम गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताए । 

‘देशमा विकास काम भएका छन् । सघीय सरकार र स्थानीय तहमार्फत मुलकमा ठूला ठूलो आयोजनाहरु शुरु भएका छन् । तर कोही–कोही त्यसै क्रान्तिको नाममा उपद्रो गर्न खोज्छन्’ उनले भने, ‘अनि कोही कोही दक्षिणवाल ज्योतिषको भम्रमा परेर महाकाली माता पिताको आशीर्वाद लिन पुग्छन् । जनताको विश्वास गर्नुहोस्, ज्योतिषको होइन ।’ 

वीर पुर्खाहरुले रगत पसिना बगाएर नेपाल भएको भन्दै उनले आफ्नो पहिचान आफै स्थापित गर्ने महान अभियानमा सरकार लागिपरेको पनि बताए ।

अंग्रेजविरुद्ध विजय प्राप्त गरेको खुशीयालीमा आज बुटवलमा जीतगढी उत्सव समारोह पहिले पटक गरिएको थियो । सो समारोहमा बोल्दै प्रधानमन्त्रीले नेपालीहरु वीरसँगै विद्धान पुर्खाका सन्तान पनि भएको बताए ।

उनले सरकारको ध्यान शान्ति, सुव्यवस्था र विकासमा केन्द्रित रहेको भन्दै अब मुलुकले विकासको बाटो समात्ने दावी गरे । त्यसका लागि सबै आधारहरु तयार हुँदै गएको ओलीको भनाई थियो । 

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल उजीर सिंह थापा नेतृत्वको नेपाली फौजले बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।

उत्सवका अवसरमा आज बिहान बुटवलमा झाँकी सहितको बृहत्त र्याली निकालिएको थियो । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट सुरु भएको र्याली उपमहानगरका बिभिन्न स्थानको परिक्रमा पश्चात जीतगढीमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । 

विशेष समारोहमा प्रधानमन्त्री ओलीले तत्कालीन युद्धको नेतृत्व गर्ने कर्णेल थापाको पूर्ण कदको शालीकको अनावरण गरी विशाल राष्ट्रिय झण्डाको झण्डोलोत्तन समेत गरेका थिए ।

समारोहमा बोल्दै रक्षामन्त्री इश्वर पोखरेलले ऐतिहसिक किल्लाको संरक्षण  गर्ने काम सरकारले गर्ने बताए । उनले राष्ट्रियता, सार्भमौमता र विकासमा  सत्ता पक्ष र प्रतिपक्ष नहुने पनि बताए । 
यस्तै नेकपा महासचिव बिष्णु पौडेलले जिगगढीको विकास र संरक्षण गर्नको लागि सवै एकजुट हुनुपर्ने धारणा राखे । 

 काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण सरकारले शान्ति सुरक्षा कायम गर्न नसेको अरोप लगाए । 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक जितगढी किल्लाको विकासँगै पर्यटन भित्र्याउन सकिने धारणा राखे । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...