शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पब्जी खेल बन्द गर्ने सरकारको निर्णय र खुला गर्ने अदालतको फैसलाबारे के भन्छन् काठमाडौंका युवा ? (भिडियो)

शनिबार, ०७ वैशाख २०७६, १५ : ३८
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं । इन्टरनेटमा आधारित खेल पब्जीमाथि गत चैत २८ गते सरकारले प्रतिबन्ध लगायो । तर वैशाख ६ गते सर्वोच्च अदालतले प्रतिबन्ध नलगाउन अन्तरिम आदेश दियो । 

पब्जी खेललाई सरकारले नियन्त्रण गर्न खोजेपछि यसबारेमा समर्थन र विरोधका दुवै खाले प्रतिक्रियाहरु आए । यूवा पूस्तामा लोकप्रिय रहेको यो खेलमा भूलेर बालबालिकाले पढाई बिगारेको भन्दै अभिभावकहरुले खुसी पनि व्यक्त गरेका थिए । 

यो खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेको भन्दै दुरसञ्चार प्राधिकरणमार्फत सरकारले प्रतिबन्ध लगाएको थियो । 

तर शुक्रबार सार्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको इजलासले पब्जी खेल प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दियो । साथै यो खेलमाथि प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश समेत दिइयो । 

यो खेलमाथि सरकारले प्रतिबन्ध लगाएपछि केही कानुन व्यवसायीहरुले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन भएको भन्दै गत वैशाख ३ गते रिट निवेदन दिएका थिए । 

हामीले काठमाडौंमा भेटिएका केही यूवाहरुलाई पब्जी खेल प्रतिबन्ध लगाउन ठीक कि बेठीक भनेर प्रश्न गरेका छौं ? 

धादिङ घर भएर काठमाडौं बस्दै आएका रोशन सुवेदीले पब्जी खेल बन्द गर्न नहुने बताए । दैनिक ६ घण्टासम्म पब्जी खेल्दै आएका उनले समय मिलाएर खेल्नुपर्ने बताए । कतै केही दुर्घटना घटेको भन्ने कुरा खेलका कारण नभई मानिसको असावधानीका साथ भएको उनको बुझाई छ । 

उनले भने– ‘पब्जी बन्द गरेर काम छैन । पछि फेसबुक काम छैन भनेर फेसबुक बन्द गर्ला । जतिसुकै विकास भएपनि अन्त्यमा फोनको काम उठाउने र राख्ने मात्र भयो भने के काम ?’

तातोपानी जुम्ला घर भएका दिलबहादुर कठायतले पनि पब्जी मनोरञ्जनात्मक खेल भएकोले बन्द गर्न नहुने बताए । 

उनले भने– ‘यो पब्जी नै बन्द गरेर हुनेवाला केही पनि छैन । मान्छेले चाह्यो भने अरु अरु गेममा पनि सहभागि हुन सक्छ । अन्य विकृतीतिर पनि लम्किन सक्छ नी । बरु अभिभावकहरुले आफ्ना बच्चाहरुलाई पब्जी कम समय खेल्न दिदाँ राम्रो हुन्छ ।’ उनले अदालतले पनि पब्जी खुला गरेर राम्रो गरेको बताए ।  

अर्का यूवा सुमन श्रीवास्तवले पनि पब्जी बन्द गर्न नहुने धारणा राखे । उनले साना बालबालिकालाई बाबुआमाले नियन्त्रणमा राख्नुपर्ने र ठूलाहरुले आफैले बुझ्ने बताए । उनले भने– ‘शनिवार र आइतबार मैले पनि खेल्थेँ, तर आफूले कन्ट्रोल गर्न पनि सकिने रहेछ ।’

अर्का यूवा रामदक्त जोशीले बन्द गरेपनि केही घण्टाको लागि बन्द गर्नुपर्ने बताए । उनले भने– ‘विद्यार्थीहरु दिनभरी यसकै पछि लागेर भविष्य विगारिरहेको भएपनि सरकारले बन्द गर्दा केही समय मात्र बन्द गरेको भए हुन्थ्यो ।’

के हो पब्जी खेल ? 
इन्टरनेटमा आधारित भएर खेलिने पब्जी खेल दक्षिण कोरियाली भिडियो गेम कम्पनीले बनाएको हो । सन् २०१७ मा प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पब्जी) खेल सार्वजनिक गरेको थियो । 

इन्टरनेटमा आधारित भएर कम्युटर वा मोवाइल फोनमार्फत खेलिने यो खेलमा एक सय खेलाडी लडाई मैदानमा लड्नका लागि तयार हुन्छन् । जुन खेलाडी अन्तिमसम्म बाँच्न सक्छ उ विजेता हुन्छ । अहिलेसम्म स्मार्टफोनमा पब्जी एप्स १० करोडभन्दा बढी डाउनलोड भइसकेको छ  । 

यो खेलका कारण विभिन्न देशमा बालबालिका र यूवाहरुमा नकारात्मक असर परेको भनेर प्रतिबन्ध समेत लगाइएको छ । नेपालमा यो खेलमाथि सरकारले लगाएको प्रतिबन्ध र खुला गर्न अदालतले दिएको आदेशबारे यूवाहरुको भनाई यस्तो छ । 

हेर्नुहोस भिडियो :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप