शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई हराउन राज्यकोषबाट रकम बाँडियो : देवी ज्ञवाली

शुक्रबार, २० साउन २०७४, १५ : २०
शुक्रबार, २० साउन २०७४

काठमाडौँ – भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता आफूविरुद्ध खनिएको आरोप लगाएका छन् । 

ज्ञवालीले आफूलाई हराउन अर्बौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको दावी पनि गरे । 

वडा नम्बर १९ को मतदान स्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले गएराति १ बजे आफ्ना प्रतिद्धन्दी रेणु दाहालले प्रहरीको सुरक्षामै रकम बाँडेको भन्दै आपत्ति पनि जनाए ।

ज्ञवालीले मतदाताले मतपत्र च्यात्नेलाई मतदानबाटै दण्डित गर्ने विश्वास व्यक्त गरे । उनले आम मतदाताले मतपत्र च्यातेर जनताको मन च्यातेको टिप्पणी पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप