प्रदीप पौडेलको नेतृत्वमा देशभर पानीको मूल संरक्षण अभियान शुरु
शनिबार, ०७ वैशाख २०७६, १४ : ०२
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पानीको मूल संरक्षण अभियान शुरु गरेका छन् ।
पानीको मूल तथा पोखरी संरक्षण अभियान थालनी गर्दै यसलाई देशव्यापी अभियान नै बनाइने घोषणा पौडेलले गरेका हुन् ।
स्वच्छ खानेपानी आम मानिसको आधारभूत आवश्यकता रहेकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व हो भन्दै पौडेलले अभियान घोषणा गरेका हुन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिमा पौडेलले आफ्नो जन्मथलो तनहुँ ढोरफिर्दी स्थित ठूलो पधेँरोको पानी पिउँदै अभियानको थालनी गरे ।
राजनीतिलाई समाजसेवाको अभिन्न अंगको रुपमा व्याख्या गर्नु हुने पौडेलकै नेतृत्वमा हालै बारा, पर्सा तथा रौतहटका आँधीवेहरी पीडित सयौं स्थानीयलाई राहत सामाग्री बाँडिएको थियो ।