दुई भारतीय युद्धपोत चीनतर्फ प्रस्थान
शनिबार, ०७ वैशाख २०७६, ११ : ५९
चिनियाँ जल सेनाको ७० औँ वर्षगाँठको अवसरमा चीनको क्वीङडाओमा हुने ‘इन्टरनेसल फ्लीट रिभ्यु’ मा भाग लिन दुई भारतीय युद्धपोत त्यसतर्फ प्रस्थान गरेको छ ।
भारतमा नै बनेको स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर आइएनएस कोलकाता र फ्लीट सपोर्ट आइएनएस शक्ति अप्रिल २१ मा चिनियाँ तटमा पुग्ने भारतीय जल सेना प्रवक्ताले जनाएका छन् ।
दुई युद्धपोत अप्रिल २३ मा हुने सैन्य ड्रिलमा सहभागी हुनेछन् । त्यसलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले अवलोकन गर्नेछन् ।
पाकिस्तानले भने यसमा सहभागिता नजनाउने भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
यसअघि सन् २०१४ मा पनि भारतले चीनको जनमुक्ति सेना (पीएलए) को स्थापनाको ६५ औँ वर्षगाँठको अवसरमा आयोजित अभ्यासमा आफ्नो युद्धपोत चीनमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)