७० औँ वार्षिकोत्सव साङ्गीतिक कार्यक्रम गरी मनाइने
शनिबार, ०७ वैशाख २०७६, १० : १३
काठमाडौं - नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा शनिबार अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ ।
दुई देशबीच पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको सात दशक भएको वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेअनुरुप फ्रान्सको प्रख्यात साङ्गीतिक फ्राङ्क बेरेन्डेको टोलीले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे र वार्षिकोत्सवका निम्ति नेपाल र फ्रान्सकी सद्भावनादूत शृङ्खला खतिवडाले विशेष सम्बोधन गर्ने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा