मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारकाे राशिफल

शनिबार, ०७ वैशाख २०७६, ०६ : ००
शनिबार, ०७ वैशाख २०७६

काठमाडाैं - वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा,२४ घडी ५४ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती,३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग बज्र,१० घडि ०१ पला,बिहान ०९ बजेर ३७ मिनेट उप्रान्त सिद्धि  । करण कौलव,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि तुला । विशालनगरस्थित वैष्णवी देवीयात्रा। ललितपुरमा मत्स्येन्द्रनाथस्नान। बुगन्हवँ। सर्वार्थसिद्धि योग बेलुकी ०७ बजेर २५ मिनेट सम्म।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाई लेखाईमा मन अलि बढि समय लगानि गर्दा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काबिच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित बिषयमा सहभागि नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्त सँग मनमुटाव सिर्जना हुनेछ । नोकरि तथा बिद्यामा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु बलिया हुने सक्छन ध्यान दिनुहोला । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय अनुकुल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । बादबिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भावना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरिको यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधको सामना गर्नु पर्ने हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाईने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुने योग रहेकोछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनालेअन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो समय देखि थाति रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । स्वदेश तथा बिदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ ।
    
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

तपाईको दिन शुभ रहोस् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप