नख्खु बमकाण्डका आरोपी भुजेल फेरि समातिए
शुक्रबार, ०६ वैशाख २०७६, २२ : ०९
काठमाडौँ – नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएपनि फेरि पक्राउ परेका छन् । उनलाई अदालतको आदेशमा रिहा गरिएलगत्तै पुनः महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई के अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे चाहिँ खुलाइएको छैन ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको थियो ।
नेत्रविक्रम चन्द विप्लव समूहका नेता भूजेललाई महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।
महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै