पार्टी एकता प्रक्रिया टुङ्ग्याउन छलफलमा जुटे ओली–प्रचण्ड
शुक्रबार, ०६ वैशाख २०७६, २१ : ३१

काठमाडौँ–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी विविध विषयमा गहन छलफल भएको छ ।
आज बिहानैदेखि पार्टीका अध्यक्षद्वय पार्टी एकताको विषयलाई लिएर बालुवाटारमा गहन छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता प्रक्रियालाई तीन महीनाभित्र भदौ ३ गते सक्नुपर्ने भए तापनि लम्बिँदै जाँदा पार्टी कार्यकर्तामा निराशा बढ्दै गएको छ । झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसएिको हुनाले यही वैशाख ९ गतेसम्म सक्ने भनिएकाले नेताबीच गहन छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्मसिटीमा लगानी अन्योल : काभ्रेले उत्साहित बनाउँदा, ‘दोलखा’ले निराश
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’