बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला फुटबलमा निरु थापाको ह्याट्रिक

शुक्रबार, ०६ वैशाख २०७६, १७ : २७
शुक्रबार, ०६ वैशाख २०७६

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा  महिला फुटबल चलिरहेको छ ।  

यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गरेकी छन् । 

बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गरेकी हुन् । 

यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र  जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गरेकी छन् । 

खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन ।  

अपराह्न ३ बजेदेखि प्रदेश २ र प्रदेश ३ बीच खेल चलेको जिल्ला फुटबलसँग दाङका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप