शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण तयारी तीव्र, को–को छन् टोलीमा ?

शुक्रबार, ०६ वैशाख २०७६, १७ : २२
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ– सरकारले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमण तयारी तीव्र पारेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी एशियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण र राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको तयारी तीव्र पारेको हो । यद्यपि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणबारे केही बताउन चाहेको छैन । 

‘प्रधानमन्त्रीको भ्रमणबारे अहिलेसम्म जानकारी छैन, तर राष्ट्रपतिको भ्रमण कार्यकातालिका निश्चित भइसकेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले रातोपाटीलाई बताए । 

उनका अनुसार राष्ट्रपति भण्डारीको चीन भ्रमण राजकीय हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी यहि वैशाख ११ गते चीनको सियान हुदै बेइजिङ जानेछिन् भने ल्हासा हुँदै स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपतिसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी र केही सांसहदहरु समेत रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा अरु केही उच्चपदस्थ कर्मचारी निजि क्षेत्रबाट समेत भ्रमण टोलीमा सहभागि हुनेछन् । 

राष्ट्रपतिले चीन भ्रमणका क्रममा समकक्षी सि जिनपीङलगायत चिनियाँ सरकारका उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै राष्ट्रपतिले सियान र ल्हासाका प्रान्तीय उच्च अधिकारीसँग समेत भेटवार्ता गर्ने

कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ राष्ट्रपति सि ले व्याङ्क्वेट (भोज) दिने छन् । राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । 

यसैबीच प्रधानमन्त्री ओली बैशाख २६ गते कम्बोडिया भ्रमणमा जाने भएका छन् । भियतनाम र कम्बोडियाबाट निम्तो आएपछि भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप