धर्म निरपेक्षताको ब्यानर जलाउँदा राप्रपाका नेता–कार्यकर्ता पक्राउ, यसरी कार्यकर्ताले जोगाए कमल थापालाई
काठमाडौँ– प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका एक दर्जन भन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि, अध्यक्ष कमल थापालाई भने कार्यकर्ताहरुले प्रहरी नियन्त्रणबाट बचाउन सफल भएका छन् ।
शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा युवती कार्की, नानु नगरकोटी, नेताहरु महेश सिंह, जनक फडेरा, त्रिविक्रम सिंह मणि सिंखडा, गुणराज भण्डारी, राम न्यौपाने राजेन्द्र ढुंगेल र जयबीर राउत लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
काठमाडौँको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।
कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए । यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए ।
‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो,’ थापाको आरोप छ ।
राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी