शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘उत्पादन बढाउन श्रमको सम्मान गर्नुस्’

शुक्रबार, ०६ वैशाख २०७६, १५ : ५५
शुक्रबार, ०६ वैशाख २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गरेका छन् ।

मन्त्री यादवले श्रमिकहरुको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरेमात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याईलाई भुल्न नहुने पनि स्पष्ट पारेका छन् ।

नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले आफ्नो उद्योगको उत्पादन बढाउन पनि उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेको स्पष्ट पारे

मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको गुनासो पनि गरे ।

विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप