शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले प्रेमतिर ध्यान छैन– गायिका मेचु

शुक्रबार, ०६ वैशाख २०७६, १४ : ०४
शुक्रबार, ०६ वैशाख २०७६

मिचु धिमाल पछिल्लो समय उदाएकी गायिका हुन् । ०६८ मा फिल्म ‘भूमिरक्षक’को एक गीतमार्फत गायनयात्रा थालनी गरेकी धिमालले अहिलेसम्म करिब तीन दर्जन हाराहारीको गीतमा स्वर भरेकी छन् । लगातार ४ वर्ष डोरेपी सङ्गीत पाठसालाबाट सङ्गीतको प्रशिक्षण लिएकी उनले ‘मिचु’ नामक एक सोलो एल्बमसमेत बजारमा ल्याएकी छन् ।

केही दिन पहिले समेत ‘मायाको मौसम’ बोलको नयाँ गीतसमेत बजारमा ल्याएकी उनको पछिल्लो समय निर्माण भएको धेरै फिल्ममा ब्याकग्राउन्ड आवाज दिएकी छन् । मोरङकी स्थायी बासिन्दा उनी गायनमा भविष्य बनाउन होमिएकी हुन् । उनको रहरको पेसा भने मोडलिङ हो । त्यसैले उनले केही म्युजिक भिडियोमा मोडलिङसमेत गरेकी छन् । यिनै गायिकासँग रातोपाटीको दस प्रश्न ।

किन रोज्नुभयो गायन ?

– मेरो सानैदेखि लेखन विधामा रुचि थियो । सानोमा लेख्नुको अलवा आफ्ना भाषाका गीतहरु कम्पोज गर्थें । एक दुई गरेर गर्दै जाँदा सिक्नुपर्छ भन्ने पनि लाग्यो । काठमाडौँ आएपछि सङ्गीत सिक्दै गाउन थालँे । यो क्षेत्रबाट भविष्य राम्रो हुन्छ भन्ने लागेर होमिएँ ।

गायिका बन्न कति सजिलो रहेछ ?

–गायनमा मात्र होइन जुनै क्षेत्रमा पनि सुरुमा गाह्रो हुन्छ ।  निरन्तरता दिँदै गएपछि सफलता मिल्छ । सुरुवातको समय मलाई पनि गायन निकै कठिन अनुभव भएको थियो । तर निरन्तरता दिँदै जाँदा सहज महसुस भएको छ । छिट्टै स्थापित पनि हुन्छु होला ।

मोडलिङ पनि गर्नुभएको छ नि ?

–आफ्नै दुई गीतमा मोडलिङ गरेकी हुँ । पछिल्लो समय गायिका नामले मात्र चिनिएर पुग्दैन । अनुहारले पनि चिनिनुपर्दो रहेछ भन्ने मेरो बुझाइ रहेको छ । आफूलाई चिनाउनका लागि मोडलिङ पनि थालेकी हुँ । अर्काे कुरा आफूले फिल गरेर गायको गीतमा आफैले मोडलिङ गर्दा राम्रो हुन्छ भन्ने पनि लाग्यो ।

दैनिक रियाज ?

– बिहान सधैँ आधा घण्टा गर्ने गरेको छु । साँझमा भने त्योभन्दा बढी गर्छु । गायनमा होमिएकाका लागि रियाज अनिवार्य छ ।

सौन्दर्यतिर रुचि छ कि छैन ?

– खासै रुचि छैनभन्दा पनि हुन्छ । महिला भएपछि नर्मल मेकअप त गर्नु नै पर्छ । म प्रायः सन् ब्लक क्रिम, गाजल र लिपस्टिक नियमित लगाउँछु ।

फिट्नेस गर्नुहुन्छ ?

– नियमित योगा गर्छु । डान्स गर्छु । पहिलाको त म कराँते खेलाडी पनि हुँ ।

कस्तो केटी ?

–म पारिवारिक माहोलमा रमाउने फ्यामिलियर केटी हुँ । सानैदेखि नै व्यावहारिक पनि छु ।

मनपर्ने खाना ?

दालभात र गुन्द्रुकको तरकारी धेरै मनपर्छ ।  

प्रेम त पक्कै होला ?

– छैन, छैन । अहिले मेरो ध्यान प्रेमतिर छैन । अफर त आउने गरेका छन् । तर पहिलो प्रथामिकता करियरलाई दिएको हुनाले प्रेमतिर सोचेकी छैन ।

ड्रिम ब्वाइ ?

–हेर्दा राम्रो र आकर्षक हुनै पर्यो । त्यसको अलवा मेरो गायन फिल्ड बुझ्ने । कामका लागि चाहिने जति फ्री छोड्ने र धेरै माया गर्ने । व्यावहारिक र आफूभन्दा ४, ५ वर्षले जेठो नै चाहिन्छ । अनिमा कुरा मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप