केन्द्रीय संस्करण

तेक्वान्दो खेल्न जापान जान लागेका खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग

person explore access_timeबैशाख ६, २०७६ chat_bubble_outline0

काठमाडौं– तेक्वान्दो च्याम्पियनशिपका लागि जापान जान लागेका खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराएको छ ।

जापानको ओसाकामा हुन गइरहेको १७ औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको हो । 

उक्त वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप जापानको ओशाकामा यहि अप्रिल २० तारिक देखि सुरु हुँदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.